×

२४ घण्टामा २ सय ७१ जनामा काेराेना सङ्क्रमण

images

पछिल्लो २४ घण्टामा दुई सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा एक सय ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । अहिले नेपालमा तीन हजार एक सय ९४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाे विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बुधबार १५ भदौ २०७९ ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया