×

मधेस प्रदेश सरकारको पूर्णता : गृहमा समिम र श्रम तथा यातायात मन्त्रीमा सिंह नियुक्त

images

जनकपुरधाम । मधेस प्रदेश सरकारले पाँचौपटकको मन्त्रिपरिषद् विस्तार पश्चात् पूर्णता पाएको छ । केहीबेर अघि मन्त्रिपरिषद् विस्तार पश्चात् सरकारले पूर्णता पाएको हो । 

उक्त प्रदेश सरकारमा कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । 

योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट सुरिता साहले विना विभागीय मन्त्रीमा चित्त बुझाउनु परेको छ । 
 

सोमबार १५ साउन २०८० ०६:१८ PM मा प्रकाशित

प्रतिक्रिया