काठमाडौँ । बल्खु खोलाको बाढीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्वासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।
गएराति काठमाडौं उपत्यकामा परेको पानीले ठूलो बाढी आएको थियो । नदी तथा खोला किनारका बस्तीमा बाढी पस्दा स्थानीयको दैनिकी नै प्रभावित भएको छ । बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए ।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, शंखपार्क, सुकुम्बासी बस्ती, कालिमाटी तरकारी बजार क्षेत्र लगायतका स्थानमा जलमग्न भएका छन् ।
प्रतिक्रिया