काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १८ सयले बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया