×

घट्यो पेट्रोलियम पदार्थको मूल्य

images

काठमाडौँ — पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि  नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।


 

बुधबार १६ साउन २०८१ ०९:५७ PM मा प्रकाशित

प्रतिक्रिया