काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ।
खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो ।
नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गरे।
खेलमा लाओसले पहिले अग्रता लिएको थियो। खेलको १७ मिनेटमा लाओसले गोल गरेको थियो। फौथाभोङ साङभिलेको गोलबाट लाओसले अग्रता लिएको थियो।
सात मिनेटपछि नेपालले बराबरी गोल फर्कायो। २४ मिनेटमा आयुषले गोल गरे। उनलाई एरिक विष्टले डिबक्समा पास मिलाएका थिए।
खेल सकिन तीन मिनेट बाँकी छदा नेपालले अग्रता लियो। नेपालका लागि मनिषले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरे।
नेपाल र लाओससहित भुटान सहभागी प्रतियोगिताको लिग चरणमा नेपाल शीर्ष स्थानमा र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए।
प्रतिक्रिया