×

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उपनिर्वाचनको प्रारम्भिक उम्मेदवारहरुको नाम सार्वजनिक

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १० गते हुने बारा-२, चितवन-२ र तनहुँ-१ को उपनिर्वाचनको लागि भाग लिन चाहनेहरुको प्रारम्भिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायण प्रसाद प्याकुरेलले आज साँझ एक विज्ञप्ती जारी गर्दै प्रारम्भिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् । सार्वजनिक सूचनाअनुसार चितवन २ को उपनिर्वाचनको लागि सभापति रवि लामिछानेको मात्रै नाम छ ।

यस्तै, तनहुँ-१ को लागि भने आजमात्रै पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम रहेको छ । यस्तै, बारा-२ मा भने रमेश खरेल र युवराज न्यौपानेको नाम छ ।

शुक्रबार​ १७ चैत २०७९ ०७:४६ AM मा प्रकाशित

प्रतिक्रिया