×

सम्मानजनक सहभागिता नभएसम्म सरकारमा नजाने शेखर समूहको निर्णय

images

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ ।

१४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत बैठक बसेर सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका हुन्। 

‘हामीले सम्मानजनक सहभागिता हुनुपर्छ भनेर भनेका छौं,’ सहमहामन्त्री परियारले भने, ‘सम्मानजनक सहभागिता हुँदैन भने सरकारबाहिरै बस्ने हो।’ सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ । 

बैठकपछि नेता कोइरालाले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सम्मानजनक सहभागिता हुनुपर्ने सन्देश सुनाएको स्रोतको भनाइ छ।

शुक्रबार​ १७ चैत २०७९ १२:१० PM मा प्रकाशित

प्रतिक्रिया