×

३३ किलो सुन तस्करीमा ‘गोरे’ सँग सोधपुछ

images

काठमाडौं ।  ३३ किलो सुन तस्करीमा संलग्न भनिएका चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगले बयान लिएको छ । बयानका लागि उनलाई केन्द्रीय कारागार सुनधाराबाट सिंहदरबारस्थित आयोगको कार्यालयमा लगिएको हो ।

उनीसँग सुन तस्करीबारे आयोगको पदाधिकारीले सोधपुछ गरेका हुन् । २०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’को समूहले ल्याएको अनुसन्धानको निष्कर्ष छ । तर, सुन फेला नपर्दा उनीहरुले उक्त मुद्दामा सफाइ पाएका थिए । जाँचबुझ आयोगले प्रहरीका अनुसन्धान अधिकारीदेखि यो प्रकरणमा जोडिएका अन्य सरकारी कर्मचारीसँग पनि सोधपुछ गरिरहेको छ ।

बुधबार १७ माघ २०८० ०४:३८ PM मा प्रकाशित

प्रतिक्रिया