×

इंग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा

images

दोहा । इंग्ल्यान्ड र अमेरिकाले विश्वकप २०२२ को समूह ‘बी’ बाट अन्तिम १६ को यात्रा तय गरेका छन् । मंगलबार रातिको खेलमा अमेरिकाले वेल्सलाई ३–० ले हरायो भने अमेरिकाले इरानमाथि १–० को जित निकाल्यो । इंग्ल्यान्ड सात र अमेरिका पाँच अंकमा शीर्ष दुई स्थानमा रहे ।

इंग्ल्यान्डको जितमा मार्कस रसफोर्डले दुई तथा फिल फोडेनले एक गोल गरे । अब इंग्ल्यान्डले नटआउट चरणको खेलमा सेनेगल सामना गर्नेछ । अमेरिकाले भने नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । अमेरिकाले इरानमाथि प्राप्त गरेको राजनीतिक रंग मिसिएको खेलमा क्रिस्टियन पुलिसिचले गोल गरे । यो खेलमा अमेरिकालाई निश्चित जित आवश्यक थियो ।

यससँग इरान र वेल्स प्रतियोगिताबाट बाहिरिए । इरानको तीन र वेल्सको एक अंक भएको थियो । त्यस अगाडि समूह ‘ए’ मा सेनेगलले इक्वेडरलाई २–१ र नेदरल्यान्ड्सले कतारलाई २–० ले हराएको थियो । नेदरल्यान्ड्स सात अंकसहित शीर्ष स्थानमा रह्यो भने सेनेगल छ अंकमा दोस्रोमा रह्यो । इक्वडेर चार अंक र कतार विना कुनै अंकसहित प्रतियोगिताबाट बाहिरिएका छन् । 
 

बुधबार १४ मंसिर २०७९ ०८:१३ AM मा प्रकाशित

प्रतिक्रिया