×

विश्वकप लिग-२ मा नेपालको अर्को हार, युएईसँग ५ विकेटले पराजित

images

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा युएईसँग ५ विकेटले पराजित भएको छ । यो जारी सिरिजमा नेपालको लगातार दोस्रो हार हो ।  

नेपालले दिएको २३४ रनको लक्ष्य पछाएको युएईले ४३.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । युएईको जितमा आर्यांश शर्माले सर्बाधिक ९८ रन बनाएका थिए भने आलिशान शराफुले ४५, मुहमद वसीमले २६ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २३३ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रनको शतकीय पारी खेलेका थिए । रोहितले आफ्नो क्यारियरमा दोस्रो एकदिवसीय शतक बनाएका हुन् । त्यस्तै आसिफ सेखले ३५, आरिफ सेखले २७ र दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए । त्यस्तै करण केसीले १३ रनको योगदान दिएका थिए । त्यसैगरी युएईका लागि जाहिद अलीले सर्बाधिक ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ तथा मुहमद रोहिद र हैदर अलीले एक एक विकेट लिएका थिए ।

यो जितपछि युएइको विश्वकप लिग-२ मा १८ खेलमा ८ अंक भएको छ र पुछारमै रहेको छ । त्यस्तै नेपाल भने १८ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको छ । अब सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र अमेरिकाबीच हुदैछ ।

बिहीबार १४ कात्तिक २०८२ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया