काठमाडौँ । नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । नेप्से बुधबार ४७.९३ अंकले घटेर आज २९५४.१४ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेडको सेयरमा ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ८.०४ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्स लिमिटेडको एक अर्ब ३२ करोड १२ लाख र हिमालयन डिस्टिलरीको ७३ करोड २९ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया