×

आचार्य आत्मदाह प्रकरण- भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग प्रहरीले लियो प्रारम्भिक बयान

images

काठमाडौं। प्रेम प्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग प्रारम्भिक बयान लिएको छ। आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्नेक्रममा गुरुङसँग काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार प्रारम्भिक बयान लिएको हो। बयान दिन गुरुङ परिसर पुगेका थिए।

आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ । आचार्यले गत साता नयाँ बानेश्वरस्थित संसद भवन बाहिर आत्मदाह गरेका थिए। उनको उपचारका क्रममा भोलिपल्ट बिहान मृत्यु भएको थियो।

आचार्यले आत्मदाह गर्नुअघि लेखेको फेसबुक स्टाटसका आधारमा अधिवक्ता स्वागत नेपालले विभिन्न संस्था र व्यक्तीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका थिए। त्यहीक्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । 

सोमबार १६ माघ २०७९ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया