×

नेपाल व्यापक भ्रष्टाचार हुने देशको सूचीमै, सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया

images

काठमाडौँ । नेपाल यो वर्ष पनि व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा सबैभन्दा सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दरिएको हो ।

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ । गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ ।

गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औ स्थापनमा पुगेको छ । नेपालको झिनो सुधार देखिँदा छिमेकी भुटान दक्षिण एसियाको कम भ्रष्टाचार हुने मुलुक बनेको छ। भुटानले ६८ अंक पाएको छ। अहिलेको सूचीमा भुटान २६ औँ स्थानमा परेको छ। यो क्षेत्रमा अफगानिस्तानमा सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ। 

अध्यक्ष प्रधानांगले नेपालमा भ्रष्टाचारको समस्या ब्यापक रहेको बताउँदै हाल संसद्मा विचाराधीन भ्रष्टाचारसम्बन्धी विधेयकलाई अघि बढाउनुपर्नेमा पनि जोड दिएकी छन्। 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विश्वका १८० देशहरूलाई समेटेर यो प्रतिवेदन तयार गरेको हो। उक्त संस्थाका अनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देश बनेको छ। सोमालिया सबैभन्दा कम अर्थात ११अंकसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देश बनेको छ। 

मङ्गलबार १६ माघ २०८० ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया