×

ब्राजिल र पोर्चुगल अन्तिम १६ मा

images

दोहा । विश्व फुटबलका दुई महाशक्ति ब्राजिल र पोर्चुगलले विश्वकप २०२२ मा सोमबार अन्तिम १६ को यात्रा तय गरेका छन् । कसमिरोको निर्णायक गोलमा ब्राजिलले स्विटजरल्यान्डलाई १–० ले हरायो । यसै समूह ‘जी’ मा क्यामरुन र सर्बियाले रोमाञ्चक ३–३ को बराबरी खेलेका थिए ।

लगातार दुई जितपछि ब्राजिलको छ अंक छ भने स्विटरल्यान्ड तीन अंका दोस्रो स्थानमा छ । क्यामरुन र सर्बिया एक एक अंकमा छन् । दिनको अन्तिम खेलमा पोर्चुगलले उरुग्वेलाई २–० ले हरायो र यसमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।

समूह ‘एच’ को अर्को खेलमा घानाले दक्षिण कोरियालाई ३–२ ले पराजित गर्‍यो ।
यी खेलपछि पोर्चुगलको छ अंक भएको छ । उसको पछाडि घाना तीन अंकमा छ भने दक्षिण कोरिया तथा उरुग्वेको समान एक अंक रहेको छ । 

मङ्गलबार १३ मंसिर २०७९ ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया