×

स्वतन्त्र पार्टीप्रति ओलीको टिप्पणी- अस्तिसम्म स्वाप्पै थियो, घण्टी पार्टीलाई कसले हावा भर्‍यो ?

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएको आएको टिप्पणी गरेका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले स्वतन्त्र पार्टीको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिल्ने बताए।

उनले भने, ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ७ सिट जितेको छ। समानुपातिकतर्फ १० लाख ८५ हजार पाँच सय ६४ मत ल्याइसकेको छ। अझै समानुपातिकको मतगणना सकिएको छैन।

मङ्गलबार १३ मंसिर २०७९ ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया