काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ । गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषदको अन्तिम समयमा स्थगित भएको थियो ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको उनको सचिवालयले जनाएको छ । बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने एक मन्त्रीले जानकारी दिए ।
प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएका थिए । घिसिङको उक्त निर्णयबाट सरकार चिढिएको छ । आजको बैठकले कुलमानलाई प्राधिकरणबाट मन्त्रालयमा तान्न सक्ने स्रोतको भनाइ छ । कुलमानलाई प्राधिकरणबाट हटाउन सत्तारुढ दल नेपाली कांग्रेसले पनि सहमति दिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया