×

 नेप्सेमा ३६.८३ अङ्कले गिरावट

images

काठमाडौं ।  नेप्सेमा गिरावट आएको छ ।  आज नेप्से ३६.८३ अङ्कले घटेर २७४९.५७ विन्दुमा पुगेको छ । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार ३२२ कम्पनीको कूल २ करोड ८३ लाख ६  हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१  मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७ करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।

बिहीबार १३ भदौ २०८१ ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया