काठमाडौँ । चीनले जन्मदरलाई सुधार गर्न अनुदानको घोषणा गरेको छ ।
चीनले अब तीन वर्ष मुनिका बच्चाहरूको लागि अभिभावकलाई प्रति वर्ष प्रति बच्चा ५०० डलर अनुदान दिनेछ । यो अनुदान तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने बताएको छ ।
चीनमा जन्मदर बढाउन यो नीति घोषणा गरिएको हो । चीनका सरकारी मिडियाका अनुसार, चीनको यो नीतिले लगभग २० लाख परिवारहरूलाई आफ्ना बच्चाहरू हुर्काउन मद्दत गर्ने बताइएको छ ।
जन्मदर बढाउनको लागि, लगभग एक दशक अघि, चीनले बच्चा जन्माउने नीति समाप्त गरेको थियो । त्यसपछि, चीनमा लगातार जन्मदर घट्दै गइरहेको छ ।
चीनमा गत बर्ष ९.५४ बच्चा जन्मिएका थिए । यो आँकडा २०१६ को भन्दा आधा हो भने अघिल्लो बर्षको भन्दा यो १.३९ मिलियन कमि हो ।
प्रतिक्रिया