×

यस्ता छन प्रचण्ड नेतृत्व सरकारको छ महिनाका प्रगतिहरु (पूर्णपाठसहित)

images

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपल्धि सार्वजनिक गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (बिहीबार) सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेको हो ।

 सरकारले जिम्मेवारी सम्हालेको ६ महिनामा नीति¸ कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका दिएको बताइएको छ।  पुस १० मा सरकार बनेयताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन्।

‘४०८ मेगावाट विद्युत उत्पादन क्षमता वृद्धि  भई हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको। विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट  वृद्धि भई ९६ प्रतिशत पुगेको छ,’ सरकारको उपलब्धी विवरणमा भनिएको छ,‘नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालीन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ।

फुकोट कर्णाली ४८० मेगावाट र तल्लो अरूण ६६९ मेगावाट निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको। बुटवल–गोरखपुर प्रसारण लाइन (४०० केभी) को शिलान्यास कार्य सम्पन्न भएको छ।’

 

बिहीबार १४ असार २०८० ०२:०१ PM मा प्रकाशित

प्रतिक्रिया