×

कहीँ एक्लै लड्छौं, कुनै ठाउँमा तालमेल हुन्छ: विश्वप्रकाश शर्मा

images

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई पहिलो बनाउन बाम गठबन्धन बन्नबाट रोक्नुपर्ने टिप्पणी गर्दै आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल ट्विटर मार्फत महामन्त्री शर्माले यस्तो बताएका हुन । महामन्त्री शर्मा भने, ‘कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो ।’ तालमेल कहाँ आवश्यक छ-छैन निश्चित गर्न स्थानीय समिति सक्षम रहेको उनले  उल्लेख गरेका छन् । 

उनले भनेका छन्, कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं वाम गठबन्धन बन्नबाट रोक्नुपर्छ । यसका लागि गहिरो सुझबुझ जरुरी छ । भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ । परिस्थिति बदल्न स्थितिको आकलन जरुरी हुन्छ ।’ यस्तै, उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘प्रायोजित आत्मालोचना’ को अस्त्र निरुत्साहित गर्न कांग्रेस सजग रहेको बताए छन् ।

‘कांग्रेसले भन्दा केवल २७ स्थानीय तह प्रमुख बढि जितेको हो एमालेले ०७४ को चुनावमा । त्यो जित माधव नेपाल, झलनाथ र वामदेवहरु सहितको थियो । उहाँहरु नरहेपछि एमाले उस्तै र उत्रै छ भन्नु अध्यक्षको अहं र अरुको भ्रम मात्र ! प्रायोजित आत्मालोचनाझको अस्त्र निरुत्साहित गर्न कांग्रेस सजग छ,’ उनले लेखेका छन् ।

साथै, उनले कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी नभएको भन्दै संविधानको रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न भएको बताएका छन् ।

उनी थप्छन्, ‘त्यो नितिको जगमा कहिँ एक्लै जित्ने,कहिँ तालमेल रणनीतिक बिषय हो । सँगैमा भरतपुरको भावना आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट र दृढ छौं ।’चितवनको भरतपुर महानगरपालिकामा यसपटक कांग्रेसले मेयर छोड्न नहुनेमा स्थानीय कार्यकर्ताको जोड छ । कार्यकर्ताको इच्छा अनुसार शर्माले ‘भरतपुरको भावना’ आत्मसाथ गरेर समाधान निकाल्ने जनाएका छन् ।

मङ्गलबार १५ चैत २०७८ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया