×

पाँच वर्षको काम नै असली सम्मेलन हो - उपमेयर डङ्गोल

images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलले, स्थानीय सरकारको पाँच वर्षे काम नै असली सम्मेलन हुने बताएकी छिन् ।  बुधवार काठमाडौँमा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा उनले सबै स्थानीय सरकारको पाँच वर्षको कामले दुई दिन चल्ने सम्मेलनले भन्दा बढी महत्त्व झल्काउने बताइन् । 
तर न्यायिक समितिको कार्यसम्पादनमा एकरूपता ल्याउन सम्मेलनले भूमिका खेल्ने उनको अपेक्षा छ । 

‘आज र भोलि हुने यो कार्यक्रमले हैन ५ वर्षको अवधिले यस सम्मेलनको महत्त्व झल्काउँछ । काठमाडौँ महानगरपालिकाको यो उद्देश्यले केही न केही परिवर्तन हुनेछ । सबै स्थानीय सरकारका न्यायिक समितिको कार्यसम्पादनलाई एकरूपता गर्न यो सम्मेलनको आयोजना गरिएको हो । ’

बुधबार र बिहिबार गरी दुई दिन चल्ने सम्मेलनले सबैको कार्यशैलीमा कहीँ न कहीँ परिवर्तन हुने अपेक्षा लिएको उनको भनाई छ । सम्मेलनमा न्यायिक समितिको अवधारणा, महानगरले गर्ने मिलापत्र र निर्णय कार्यान्वयनको विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ ।

न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार, यसको प्रचलन, मेलमिलाप प्रक्रियाको प्रवर्द्धन र न्यायिक समितिले गर्ने निर्णय तथा कार्यान्वयनको बारेमा केन्द्रित भएर कार्य योजना निर्माण गरिने उनले बताइन् । 
 

बुधबार १५ चैत २०७९ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया