×

सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिइन्

images

काठमाडौं ।  धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । उनी ३४ वर्षकी मात्र थिइन् ।

छाउनीस्थित घरमा बिहीबार विहान साढे ८ बजे प्रतिभा मृत अवस्थामा भेटिएको कालिमाटी प्रहरीका प्रमुख डिएसपी रुपक खड्काले बताए । सास नचलेको देखिएपछि लगतै श्रीमान डा. कविराज भण्डारीले अस्पताल लगेका थिए । घटनामाथि थप अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिभा घरायसी कामका लागि भन्दै एक हप्ताको विदामा बसेकी थिइन् । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् । रातो बंगला स्कुल पढेकी उनले काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी हुन् । रातो बंगला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अंक ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् ।

शुक्रबार​ १६ चैत २०८० १०:२८ AM मा प्रकाशित

प्रतिक्रिया