×

सुरक्षाकर्मीको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको दायित्व : मन्त्री कार्की

images

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उहाँले सुरक्षार्कीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । त्यस अवसरमा मन्त्री कार्कीले जग्गादाता तथा निर्माणकार्यमा सहयोग पु¥याउनुहुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा सम्मान प्रदान गर्नुभएको थियो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण भएको छ ।

कार्यक्रममा प्रदेश नं १ प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले भवनको निर्माणमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग पु¥याउनुहुने सम्पूर्णमा धन्यवाद दिनुभयो । कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव कालीप्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापालगायतको उपस्थिति थियो ।

मङ्गलबार १५ चैत २०७८ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया