×

दुई बैंकरलाई पक्राउ गरेको सन्दर्भमा एसोसिएसनको गृहमन्त्री लाई ध्यानाकर्षण

images


काठमाडौं । दुई बैंकका अधिकारीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको सन्दर्भमा उद्योगी, व्यापारीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।

नेपाल बैंकर्स एसोसिएसनको एक टोली बिहीबार बिहान गृहमन्त्री श्रेष्ठलाई भेट्न गएको र भेटमा ‘बैंकरमाथि भएको अन्धाधुन्ध पक्राउले वित्तीय क्षेत्रमा त्रास पैदा भएको’ भन्दै एसोसिएसनले दोषीलाई कारबाही गर्ने बहानामा निर्दोषलाई नफसाउन अनुरोध गरेका थिए ।

उक्त भेटमा एसोसिएसनले बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतजस्ता पदमा रहिसकेका व्यक्तिलाई पक्राउ नगरी अनुसन्धान अगाडि बढाएको भए वित्तीय क्षेत्रमा त्रास कम हुने थियो भन्दै अनुरोध गरेका थिए । भेटमा गृहमन्त्रीले वित्तीय संस्थाका कर्मचारी पक्राउ परेका व्यक्तिहरुमाथि प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी एसोसिएसनलाई गराएका थिए ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन दुई प्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई सिआइबीले मंगलबार पक्राउ गरेको थियो । नेपाल बैंकर्स संघको बुधबार बसेको आकस्मिक बैठकले बैंकरहरू पक्राउ परेको विषयमा नेपाल राष्ट्र बैंक, गृहमन्त्रालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग छलफल गर्ने निर्णय गरेको थियो।

बिहीबार १७ फागुन २०८० ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया