×

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु

images

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकमा कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकको तयारी लगायत विषयमा छलफल हुनेछ ।

विशेष गरी आज आगामी माघ ११ गने हुने राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । कांग्रेस प्रदेश कार्यसमितिहरूले केन्द्रको निर्देशनअनुसार आकाङ्क्षीहरूको नाम पठाउने क्रम जारी रहेको छ । यस्तै, दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले आफ्नो मन्त्रालय अन्तर्गत आफूले गरेका काम र योजनाहरूको बारेमा अवगत गराउने तयारी रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बिहीबार १२ पुस २०८० ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया