×

बागलुङमा ३ ठूला भुकम्पको झड्का

images

बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।

यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ। 

त्यसपछि बिहान ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको सो केन्द्रले जनाएको छ । नेपालको हिमालय क्षेत्र भूकम्पका लागि जोखिमको क्षेत्र भएको केन्द्रले जनाएको छ ।

बुधबार १३ पुस २०७९ ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया