×

स्पेन र जर्मनीबीच बराबरी

images

दोहा । निक्लास फुल्कबर्गले खेलको अन्त्यतिर गोल गरेपछि जर्मनीले स्पेनलाई विश्वकप २०२२ मा आइतबार १–१ को बराबरीमा रोकेको छ । त्यस अगाडि जापान कोस्टोरिकाको हातबाट समूह ‘ई’ को खेलमा १–० ले पराजित भएपछि जर्मनीलाई राहत भएको थियो । यी नतिजापछि स्पेन चार अंकमा समूहका शीर्षमा रह्यो । 

त्यसपछि जापान र कोस्टारिका तीन तीन अंकमा छन् । जर्मनी भने एक अंकमा सीमित रहेर पुछारमा छ । स्पेनले अल्भारा मोराटाको गोलले अग्रता लिएको थियो । त्यस अगाडि समूह ‘एफ’ मा क्रोएसियाले क्यानाडालाई ४–१ ले हराएको थियो भने मोरक्कोले बेल्जियममाथि २–० को स्तब्धपूर्ण जित निकालेको थियो ।

क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई गोल गरे । यस समूहमा क्रोएसिया र मोरक्को समान चार अंकमा अगाडि छन् भने त्यस पछाडि बेल्जियमको तीन अंक रहेको छ । लगातार दुई खेल गुमाएको क्यानाडा विना कुनै अंक पुछारमा छ र उसको प्रतियोगितामा चुनौती पनि समाप्त भएको छ । 

 

सोमबार १२ मंसिर २०७९ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया