×

नामिवियामा एक सयभन्दा बढी जङ्गली भैंसीको डुबेर मृत्यु

images

सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैंसीको मृत्यु भएको छ ।  
  
नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैंसीको डुबेर मृत्यु भएको हो ।    

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडी रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैंसीहरू भाग्ने क्रममा नदीमा डुबेका  थिए । 

उहाँले भन्नुभयो, “हामीलाई प्राप्त सूचनाअनुसार १०० भन्दा बढी भैँसी भाग्ने क्रममा डुबेका छन् । उहाँले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैंसीको सही सङ्ख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताउनुभयो । 

चोबे नदीमा यसअघि पनि ठूलो सङ्ख्यामा भैसी डुबेर मृत्यु हुने गरेकाले यो असामान्य घटना नभएको उहाँले बताउनुभयो । 

चोबे नदी नामिवियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैंसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ । 

अफ्रिकी जङ्गली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जङ्गली जनावरका कारण यस निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ । 

शनिबार ११ कात्तिक २०८० १०:०६ AM मा प्रकाशित

प्रतिक्रिया