×

काभ्रेमा पहिरोमा परी ५ जना बेपत्ता, २ जनाको मृत्यु

images

काठमाडौं । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ।

पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ। मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो।

पहिरोमा परेर ५ जना बेपत्ता छन्। थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ। भण्डारीको घरमा पाहुना आएका ५ जना बेपत्ता रहेको बताइएको छ। स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ।

बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

त्यस्तै  काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ।

आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार १२ असोज २०८१ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया