×

नेसपा नयाँ शक्तिले गण्डकीका सबै जिल्लामा प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

images

पोखरा । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गण्डकी प्रदेशका सबै जिल्लाहरूबाट एकैसाथ सांकेतिक धर्ना सहित प्रजिअ मार्फत विविध बिषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेसपा (नयाँ शक्ति) ले देशमा गहिरिदो बहुआयामिक अर्थ-राजनीतिक संकट र आम जनता तथा विशेषतः युवाहरूमा पुराना राजनीतिक दल र नेतृत्वप्रति चुलिदो आक्रोशको सन्दर्भमा विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

जसमा छिटो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीकालागि संविधान संशोधन, ठुला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानवीन र कार्वाही, शिक्षा क्षेत्रमा आमूल सुधार, स्वदेशमै सबैलाई आयमूलक रोजगारीको ग्यारेन्टी, विदेशमा रहेका लाखौं नेपालीलाई मतदानको व्यवस्था लगायतका मागहरू रहेका छन् ।

ज्ञापनपत्रमा देशको राजनीतिक, प्रशासनिक र आर्थिक संकटको समाधानका लागि वैकल्पिक राजनीतिक शक्ति अपरिहार्य भएको उल्लेख छ । पुराना दलहरू पुरानै सोच र शैलीमा अड्किएको, लोकतन्त्र दलतन्त्र र सिन्डिकेटमा सीमित भएको पार्टीको धारणा रहेको उल्लेख छ ।

सोमबार १३ साउन २०८२ ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया