×

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित, ओलि भन्छ्न -सरकारको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो

images

काठमाडौं । विनियोजन विधेयक २०८० बहुतले पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले बताए ।

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट बुधबार प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा भएको बताएका छन्।

संसद्‍ भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको तर प्रकृयामा मात्र गएको बताएका छन्।

उनले भने, ‘सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो।’

बुधबार १३ असार २०८० ०९:३३ PM मा प्रकाशित

प्रतिक्रिया