×

भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि नैतिक संटकमा परेका गृहमन्त्री सभापति देउवालाई लिएर पुगे बालुवाटारामा

images

काठमाडौं। भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि नैतिक संटकमा परेका गृहमन्त्री रमेश लेखक कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर बालुवाटारामा पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न देउवा र लेखक बालुवाटार पुगेका हुन्।

प्रमुख प्रतिपक्षलगायत विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरोध गरेपछि सो विषयमा छलफल गर्न देउवा र लेखक प्रधानमन्त्री निवास पुगेका हुन्।
मंगलबार संसद बैठकमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध पारेका थिए।

उनीहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरुद्ध पर्ने चेतावनी दिएका छन्। आज पनि संसद बैठक बस्दैछ। तर प्रतिपक्ष दलले अवरोध पार्ने सम्भावना छ। सरकारले बिहीकार बजेट सार्वजनिक गर्दैछ। बिहीबार बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यतामा रहेको सरकारले प्रतिपक्ष दललाई कसरी विश्वासमा लिने भन्ने विषयमा छलफल हुने बताइएको छ।

बुधबार १५ जेठ २०८२ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया