×

समालोचक र समीक्षकहरु सम्मानित हुँदै

images

 

काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापनाको ५० वर्षको स्वर्ण महोत्सवको अवसरमा पुस्तक समालोचना र समीक्षामा योगदान पुर्‍याएका दुई दुईजना समालोचक र

समीक्षकलाई सम्मानित गरिने छ । 

सम्मानतर्फ ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान–२०७९’बाट अग्रज वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई सम्मानित गरिने छ । सोही

कार्यक्रममा ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान–२०७९’बाट समीक्षकहरु ज्ञानु अधिकारी र छविरमण सिलवाललाई सम्मानित गरिने छ । 

उक्त निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले गरेको हो । दुबै सम्मानका लागि वरिष्ठ साहित्यकारहरु श्रीओम श्रेष्ठ "रोदन" संयोजक,

हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समिति बनेको थियो । 

पुस्तक समालोचना र समीक्षामा सम्मानको घोषणा  सम्भवत यो पहिलो निर्णय हो । स्मरण रहोस् सापसले आफ्नो स्वर्ण महोत्सवको अवसरमा केही महिनाअगि पहिलोपटक

पुस्तक सम्पादकहरुलाई पनि सम्मानित र पुरस्कृत गरेको थियो ।
  

आइतबार​ १४ जेठ २०८० १०:४० AM मा प्रकाशित

प्रतिक्रिया