×

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ- राजदूत श्रीवास्तव

images

 काठमाडौँ, १६ वैशाखः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उहाँले भन्नुभयो, “व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ । नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई देशकाबीचका सम्बन्धमा नयाँ आयाम पनि थपिएको छ ।”

    नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता दोहो¥याउँदै राजदूत श्रीवास्तवले भन्नुभयो, “हामीले एकीकृत चेकपोष्टको निर्माण गरिरहेका छाँै । केही बनिसकेका छन् केही बन्ने क्रममा छन् । त्यसैगरी अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको छ । ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ । हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ ।”

    सो अवसरमा एसियाली विकास बैंक९एडिबी०का मध्य–पश्चिम र दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष यिङमाङ याङले नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । 

    उहाँले एडिबीले लगानीका लागि विभिन्न अवसर खोजिरहेको जानकारी गराउँदै भन्नुभयो, “नेपाल प्राकृतिक स्रोत, कृषि, हरित ऊर्जा, पर्यटन, व्यापार र लगानीमा सम्भावना भएको देश हो । हामीले सहकार्य गरेर लगानी गर्ने अवसर खोज्दैछाँै । निजी क्षेत्रलाई सहजीकरण गर्न सरोकारवालासँग काम गरिरहेका छौँ । सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ ।”

आइतबार​ १६ बैशाख २०८१ ०१:२७ PM मा प्रकाशित

प्रतिक्रिया