×

१२ जना साथीहरुको हत्या गरेको अभियोग महिलालाई पक्राउ

images

काठमाडौं । थाईल्याण्डको प्रहरीले श्रृंखलाबद्ध हत्याको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ ।

सरारत रंगसिवुथापोर्न नाम गरेकी ती महिलालाई आफ्ना १२ जना साथी र चिनजानका मानिसलाई विष दिएर मारेको अभियोगमा मंगलबार बैंककबाट पक्राउ गरिएको हो ।

पछिल्लो मृतकको पोष्टमार्टम रिपोर्टमा साइनाइड नाम गरेको विषको मात्रा भेटिएपछि श्रृखलाबद्ध हत्याको रहस्य खुलेको हो ।

यो महिनाको सुरुमा सरारतसँगै यात्रा गरेकी एक जना साथीको शव खोलाको किनारमा भेटिएको थियो । पोष्टमार्टम परीक्षणमा उनको शवमा साइनाइड विषको हानिकारक मात्रा भेटियो । सोधपुछ र छानबिनको क्रममा सरारतमाथि शंका लागेपछि प्रहरीले उनलाई पक्रेको हो ।

प्रहरीले उनीमाथि कम्तिमा १२ जनाको हत्या गरेको अभियोग लगाएको छ ।

सन् २०२० मा यो हत्याको श्रृंखला सुरु भएको बताईएको छ । मृतकहरुमा सरारतका एक जना पूर्व प्रेमी, दुई जना प्रहरी साथी, साझेदार तथा आफन्तहरु रहेका छन् ।

लुटपाट र आर्थिक लाभको कारण हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । एजेन्सी

शुक्रबार​ १५ बैशाख २०८० ०१:४८ PM मा प्रकाशित

प्रतिक्रिया