×

सेयर बजार दोहोरो अंकले घट्यो

images

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्चसेञ्ज (नेप्से) १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा रोकिएको छ । 

 सोमबार नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १० अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार कारोबारमा आएकामध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी विकास बैंकको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

सोमबार फाइनान्स समूहको सेयर मूल्य १.४० प्रतिशतले बढ्दा लगानी समूहमा २.१४ प्रतिशतको गिरावट आएको छ । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो । समग्र बजार घटे पनि लामो समयपछि फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । 

सोमबार १५ बैशाख २०८२ ०३:४७ PM मा प्रकाशित

प्रतिक्रिया