×

थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

images

नेपालमा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१८ जना निको भएसँगै नेपालमा अब कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या  दुई सय ४९ जनामा झरेको छ ।

२४ घन्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप एक लाख २ हजार ५ सय ४३  जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

बिहीबार १५ बैशाख २०७९ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया