×

ललितपुरको ग्वार्कोबाट वली पक्राउ

images

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख ६५ हजार ४३४ जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले  बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाय र बिगो बमोजिम रु २३ लाख ६५ हजार ४३४ जरिवना तोकेपछि फरार रहेका बर्दिया घर भई नयाँ बानेश्वर बस्दै आएका ३४ वर्षीय दिनेशभक्त वलीलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैंकिङ कसुरजन्य अपराध गरेकाले वलीलाई आज ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका वलीले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखा र एसबिआई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताउनुभयो ।

बिहीबार १५ बैशाख २०७९ ०७:१६ PM मा प्रकाशित

प्रतिक्रिया