पालिका अध्यक्ष र उपमेयरसहित एक दर्जन नेता कार्यकर्ता माओवादी र लोसपा छाडेर एमालेमा प्रवेश

    images

      काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका हुन। 

      एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

      एमाले प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुखसमेत छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् ।

      जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेकी छन् । सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल, वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।

      लोसपाका नेता विश्वश्वर महतो, एकीकृत समाजवादीका बारा अध्यक्ष राम यादव र सोही पार्टीका रौतहट जिल्ला सदस्य रामविनोद साह पनि एमाले प्रवेश गरेका छन् ।
       

      सोमबार १४ चैत २०७८ ११:५५ AM मा प्रकाशित

      प्रतिक्रिया