×

न्याय माग्न बालुवाटार जान खोजेका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमै रोक्यो

images

 
काठमाडौं
 । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमा अवरोध गरेको छ । 

टुँडिखेलस्थित खुलामञ्च जान अवरोध भएपछि पीडा सुनाउन उनीहरु बालुवाटारस्थित प्रधानमन्त्री निवास जान लागेका थिए । तर, प्रहरीले उनीहरुलाई अवरोध गरेपछि

सडकमै धर्नामा बसेका छन् । उनीहरु आफ्ना पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाउन चाहन्छन् । बालुवाटार जान नपाएसम्म सडकमै धर्नामा बस्ने उनीहरुको भनाई छ । 

१२ दिनदेखि पैदल हिँडेर उनीहरु सोमवार काठमाडौंको खुलामञ्च आइपुगेका थिए । उनीहरु खुलामञ्चबाट विरोध कार्यक्रम गर्न चाहन्थे । तर, काठमाडौं महानगरपालिकाले

अवरोध गरेपछि सोमवार रातभर उनी खुलामञ्च प्रवेशद्धवारमै धर्नामा बसे । गत २ चैतमा उनीहरु महोत्तरीबाट पैदल हिँडेका थिए । ७३ जनाको समुहमा आएका उनीहरु हेटाडौं–भीमफेदी हुँदै काठमाडौ आइपुगेका थिए । उनीहरुसँग सत्केरी महिलादेखि वृद्धवृद्धा समेत सहभागि छन् ।

मङ्गलबार १४ चैत २०७९ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया