×

पहिचानवादी र प्रहरीबीच झडप : विराटनगर तनावग्रस्त, अश्रुग्यास र ढुंगामुढा प्रहार

images

 विराटनगर । पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण विराटनगर तनावग्रस्त बनेको छ। पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ ।

प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । कोशी प्रदेशको राजधानी सहर विराटनगरको रोडशेषचौकनजिक आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि ढुंगामुढा गरीरहेका छन्। विरोधमा रहेको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको हो ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका हुन। 

आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन्। प्रहरीले आन्दोलनकारीमाथि ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। त्यसैगरी पानीको फोहोरा पनि हानिएको छ।प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ । साथै मोरङको उर्लाबारी नगरपालिका-६ का वडाअध्यक्षलाई कुटपिट गरेका छन्।

कोशी प्रदेशको विरोधमा आन्दोलनरत कोशी प्रदेश पुनःनामांकन संयुक्त संघर्ष समितिले तालाबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरेका हुन्। कुटपिटबाट वडाअध्यक्ष पौड्याल  घाइते भएका छन्। पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको वडाअध्यक्ष पौडेलले बताए।

वडाध्यक्ष पौड्यालले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाही माग गर्दै उर्लाबारी प्रहरीमा उजुरी दिएका छन्। पथरीशनिश्चरेका मनोज लिम्बूसहितले कुटपिट गरेको उजुरी प्रहरीमा दर्ता भएको छ। 

आन्दोलनकारीहरुले विराटनगरमा भएको झडपपछि उपचारका क्रममा ज्यान गुमााएका पदम लिम्बू 'लाजेहाङ'लाई सहिद घोषणा गर्नुपर्ने, कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनःनामकरण गर्नुपर्ने लगायत मागसहित स्थानीय तहमा तालाबन्दी गरेका छन्।

यस्तै संघर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरका स्थानीय तहका कामकाज ठप्प गराउने घोषणा यसअघि नै गरेको थियो। संघर्ष समितिले प्रदेशका गाउँपालिकामा १७ गतेसम्म कामकाज ठप्प गराउने बताएका छन्।

यस्तै, कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्।  आन्दोलनकारीहरुले नगरपालिकाको प्रवेशद्वारमा तालाबन्दी  गरेको नगरप्रमुख गंगा खरेलले जानकारी दिए ।

मङ्गलबार १४ चैत २०७९ ०२:२३ PM मा प्रकाशित

प्रतिक्रिया