×

वेन्गर आएपछि आर्सनल अझ उत्साहित

images

लन्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा सोमबार सात अंकको अग्रता खोलेको छ र यो यस्तो बेलाको उपलब्धी रह्यो, जति बेला यो खेल हेर्न इमिरेट्समा आर्सन वेन्गर स्वंय थिए । वेन्गर छँदा आर्सनल प्रत्येक पल्ट उपाधिका लागि बलियो दावेदार हुन्थ्यो । सन् २०१८ मा उनले क्लब छाडेका थिए

त्यसयता उनी पहिलो पल्ट आर्सनलको घरमा आए । त्यसैबाट उत्साहित आर्सनलले वेस्ट ह्यामलाई ३–१ ले हरायो । मिखेल आर्टेटाको युवा टिमले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो । खेलमा वेस्ट ह्यामले सेड बेनराहमको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । तर आर्सनलका लागि बुकायो साका, ग्याब्रिएल मार्टिनेल र एडवार्ड एनकेटेहले गोल गरे ।

यो जितपछि आर्सनलको १५ खेलबाट ४० अंक भएको छ । साउदी लगानी भित्रिएपछि बलियो बनेको न्युकासल युनाइटेड ३३ खेलबा दोस्रो स्थानमा छ र उसले अर्को खेलमा लेस्ट सिटीलाई सजिलै ३–० ले हरायो । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी भने ३२ अंकमा तेस्रो स्थानमा छ, तर उसले १४ खेल मात्र खेलेको छ ।

यस्तै योगर्न क्लोपको लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले हराएर २५ अंकसहित छैटौं स्थानमा उक्लेको छ । अन्य खेलमा फुलहमले क्रिस्टल प्यालेसलाई ३–०, उल्भ्सले एभरटनलाई २–१ र ब्राइटनले साउथह्याम्पटनलाई ३–१ ले पराजित गर्‍यो । त्यस अगाडि ब्रेन्टफोर्ड र टोटनहमले २–२ को बराबरी खेलेका थिए । 
 

मङ्गलबार १२ पुस २०७९ ०८:३२ AM मा प्रकाशित

प्रतिक्रिया