×

हसिनालाई शक्तिको दुरुपयोगको आरोपमा २१ वर्षको जेल सजाय

images

काठमाडौँ । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ ।

साथै अदालतले उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाएको छ ।

फैसला सुनाउँदा, अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि आवेदन बिना नै आफ्नो क्षेत्राधिकार बाहिर जग्गा बाँडफाँड गरिएको बताएको छ । ढाकाका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले यो निर्णय सुनाएका हुन् ।

यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

बिहीबार १२ मंसिर २०८२ ०७:४८ PM मा प्रकाशित

प्रतिक्रिया