×

नेपालमा विदेशी मुद्राको सञ्चिति रकम २० खर्ब ९२ अर्ब २२ करोड

images

काठमाडौं ।  नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा विदेशी मुद्रा सञ्चिति २ दशमलव ५ प्रतिशतले बढेकाे छ ।

असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियाे । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो । यसले १६ महिना ७ दिनको वस्तु आयात र १३ महिना ५ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा कुल आन्तरिक कर्जा शून्य दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा कर्जा २ दशमलवले ३ प्रतिशतले घटेको थियो । 

यस्तै साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४३ अर्ब ४५ करोड रुपैयाँ अर्थात् शून्य दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड अर्थात् २ दशमलव ३ प्रतिशतले घटेको थियो ।

शुक्रबार​ ११ असोज २०८१ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया