×

भरतपुरमा माइक्रो बस ट्याङ्करसँग ठोक्किदा १६ जना घाइते

images

काठमाडौं : मुग्लिङ-नारायणगढ सडक अन्तर्गत  चितवनको भरतपुर-२९ पन्ध्रकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर गएराति साढे ११ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 

दुर्घटनामा घाइते हुनेमा पूर्वी नवलपरासी  कावासोतीका  २४ वर्षीया  सृष्टी भुसाल, वर्ष ५२ को को रामजी भुसाल, सोनीका भुसाल र साहिल श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै दुर्घटनामा घाइते भई चितवन मेडिकल कलेजमा उपचार गराइएकामा  कावासोतीका कमला श्रेष्ठ, रेजिना पराजुली अरुणिमा पौडेल, माइक्रो चालक कावासोतीका  चिन्ता बहादुर महतो,  कावासोती ७ बस्ने वर्ष ३२ को सन्तोष महतो, कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङगेली, कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले, कावासोती २ बस्ने वर्ष ६ को ईहान आले , कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुसाल, कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुसाल, सुनिल गरौँ र बागलुङ जयमिनि गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३७ को फणीन्द्र थापा रहेका छन् । 

दुर्घटनाग्रस्त ट्याङ्कर चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा छ । 

शुक्रबार​ ११ असोज २०८१ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया