×

ललितानिवास प्रकरण- पक्राउ परेका ७ मध्ये ३ जना रिहा

images

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका तीन जना छुटेका छन्।

छुट्नेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन्।

उनीहरूलाई कागज गरेर छाडिएको बताइएको छ।

सर्वोच्च अदालतले तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको प्रमाण पेस भएपछि उनीहरूलाई प्रहरीले कागज गराएर छोडेको हो।

सीआईबीले मंगलबार दिनभर अपरेशन चलाएर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा १७५ जनाविरुद्ध भ्रष्टाचारको कसूरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लगत्तै गृह मन्त्रालयले ठगी र कीर्तेमा अनुसन्धान गर्न भन्दै सीआईबीमा पत्र पठाएको थियो ।

मङ्गलबार १२ असार २०८० ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया