काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको नेपाल यो जितसँगै समूह विजेता बन्यो ।
कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सफल बन्यो । कतारलाई अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।
५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने । कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा बनाएका थिए ।
नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो। जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो। अमिर फरुकले १४ रन थपे।
प्रतिक्रिया