×

मिटरब्याजी पीडितको आन्दोलन- खुलामञ्चमा महानगरको भोटेताल्चा, धर्मशालामा बस्न आग्रह

images

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ । गत चैत २ गते महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने तयारी गरेका थिए ।

पीडितहरू खुलामञ्चमा आउने थाहा पाएपछि महानगरले खुलामञ्चमा नगर प्रहरी तैनाथ गर्नुका साथै प्रवेशद्वारामा ताल्चा मारेको छ । काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशालास्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए ।

पीडितहरूले खुला मञ्च पस्न नदिए आगो बाल्ने चेतावनी दिएका छन् । खुलामञ्चमा बास बस्न भित्र पस्न खोज्ने पीडितहरूलाई  महानर प्रहरीले अवरोध गरेपछि उनीहरुले महानरका मेयर बालेन साहको समेत विरोध गरेका छन् । 

काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले पीडितहरूलाई बस्न गौशाला स्थित धर्मशालामा व्यवस्था गरिएकाले खुलामञ्चमा बस्न नदिएको बताए ।

‘खुलामञ्चमा बस्न सरकारको आदेश छैन, त्यसैले हामीले ताल्चा लगाएका हौ । उहाँहरूलाई बस्न गौशालाको धर्मशालामा बस्ने व्यवस्था गरेका छौ’, पाण्डेको भनाइ छ ।

मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।

तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।

सोमबार १३ चैत २०७९ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया