×

रुसका विपक्षी नेता नाभाल्नी जिवित

images

काठमाडौं । केही दिनदेखि सम्पर्कविहीन भएका रुसका विपक्षी नेता अलेक्सी नाभाल्नी जिवित रहेको खुलासा भएको छ । साइबेरियाको पनेल कोलोनीमा उनी जिवित फेला परेको उनका प्रवक्ता किरा यार्मिशले जानकारी दिएका छन् ।

रुसको कारगारमा रहेका नाभाल्नीलाई जेल स्थानान्तरण गरेपछि गत डिसेम्बर ६ देखि उनको अवस्था अज्ञात थियो । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रमुख प्रतिद्वन्द्वीका रुपमा रहेका नाभाल्नी सन् २०२१ देखि पक्राउ परी कारागारमा रहेका छन् ।

नाभाल्नीलाई यसअघि मस्कोबाट २३५ किलोमिटर टाढा पर्ने मेलेखोभा कारागारमा राखिएको थियो । सन् २०२१ को अगष्टमा घातक विष आक्रमणमा परेका ४४ वर्षीय नाभाल्नीको जर्मनीमा उपचारपछि स्वदेश फर्कदैं गर्दा विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । एजेन्सी

मङ्गलबार १० पुस २०८० १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया